सुनसरी । धरान उपमहानगरपालिका-१७, डाँडाघोपामा प्रस्तावित विमानस्थलका नाममा साढे दुई वर्षदेखि रोक्का गरिएको जग्गा फुकुवा भएको छ ।
निवर्तमान नगर प्रमुख हर्कराज साम्पाङ राईले २०८० भदौ ११ गते एयरपोर्ट निर्माण गर्ने भन्दै ५ सयभन्दा बढी घरपरिवारको जग्गा बिक्री-वितरण र सिफारिसमा रोक लगाएका थिए । एयरपोर्ट नबन्ने निश्चित हुँदा पनि जग्गा फुकुवा नभएपछि स्थानीय बासिन्दा मर्कामा परेका थिए ।
साम्पाङले पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यकाे निर्वाचनमा हाेमिएपछि कार्यवाहक मेयरको जिम्मेवारी सम्हालेका अइन्द्रविक्रम बेघाले स्थानीयको माग सम्बोधन गर्दै जग्गा फुकुवा गर्ने निर्णय गरेका हुन् ।
मंगलबारदेखि नै लागू हुने गरी ‘यति इन्कर्पोरेट’को नाममा रहेको ६ बिघा जग्गाबाहेक अन्य सबै सर्वसाधारणको जग्गा फुकुवा गरिएको हो ।
कार्यवाहक मेयर बेघाले जग्गा फुकुवाको आधिकारिक पत्र वडा कार्यालय, मालपोत र नापी कार्यालयमा पठाइसकिएको जानकारी दिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,152)
जीवन विकासले बोलायो साधारणसभा (1,078)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,065)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (998)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (967)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (872)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (442)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (332)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (282)