निर्वाचनका लागि तीन दिन बिदा

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गते गरी ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । निर्वाचनको तयारी, मतदान र मतदानपश्चात् हुन सक्ने व्यवस्थापनलाई मध्यनजर गर्दै सरकारले यो निर्णय गरेकाे हाे ।

निर्वाचन आयोगले मतदानमा मतदाताहरूको बढीभन्दा बढी सहभागिता जुटाउन र कर्मचारी एवं सुरक्षाकर्मी परिचालनमा सहजता ल्याउन सरकारसमक्ष ३ दिन बिदा दिन सिफारिस गरेको थियो ।

आयोगको सोही सिफारिस र निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै सरकारले बिदा दिने निर्णय गरेको जनाइएको छ । यो निर्णयसँगै फागुन २० गतेदेखि २२ गतेसम्म देशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायहरू बन्द रहनेछन् । त्यसअघि हाेलीकाे बिदा छ ।

प्रकाशित मिति: मङ्गलबार, १२ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.