काठमाडौं । निर्वाचन आयोगले कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाएको छ । कर्णाली प्रदेशका सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रमा मतपत्र पठाएकाे हाे ।
आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भइसकेकाे छ । जस अन्तर्गत एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ भएको छ ।
डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुरको मतपत्र छपाइ सकिएको छ । ओखलढुंगा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ, बाँकेको पनि मतपत्र छपाइ भइसकेको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा र सिन्धुपाल्चोक गरी ५८ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ यी जिल्लाको मतपत्र प्याकिङ पनि भइसकेको साहायक प्रवक्ता न्यौपानेले जानकारी दिए ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीले मत्रपत्र छापेकाे हाे ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,152)
जीवन विकासले बोलायो साधारणसभा (1,078)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,065)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (997)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (967)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (872)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (442)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (332)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (282)