कांग्रेस सभापतिमा गगन थापा चयन

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उग्र हुँदा पार्टी विभाजन भएकाे छ । विभाजनपछि राजधानीमा सम्पन्न विशेष महाधिवेशनले शेरबहादुर देउवा नेतृत्वको वर्तमान कार्यसमितिलाई विस्थापित गर्दै गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरेको छ । देउवा पक्षले गगनसहित नेताहरुलाई कारबाही गरेकाे छ ।

आइतबार मध्यराति निर्वाचन समितिका संयोजक सीताराम केसीले पदाधिकारीसहितको पूर्ण कार्यसमिति सार्वजनिक गरे । विशेष महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार थापा सभापतिमा सर्वसम्मत चयन भए ।

नयाँ कार्यसमितिको दुई उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल चयन भए । दुई महामन्त्रीमा प्रदिप पौडेल र गुरुराज घिमिरे छन् ।

समावेशी संरचनाअनुसार सह-महामन्त्रीहरूमा डा. डिला संग्रौला पन्त (महिला), प्रकाश रसाईली स्नेही (दलित), बहादुर सिंह लामा (जनजाती), उदय शम्शेर राणा (खसआर्य), मुक्ता कुमारी यादव (मधेशी), फर्मुल्ला मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारु) र कर्ण बहादुर बुढा (पिछडिएको क्षेत्र) चयन भए।

केन्द्रीय सदस्यतर्फ खुला कोटाबाट ३५ जना चयन भएका छन्। जसमा गोपालमान श्रेष्ठ, अर्जुन नरसिंह केसी, विनोद चौधरी, अजयबाबु सिवाकोटी, भरत शाह र मधेु आचार्य लगायत छन्। महिला खुलातर्फ चम्पा देवी खड्का र प्रतिमा गौतमसहित ९ जना चुनिएका छन्।

प्रदेशगत रूपमा पनि नेतृत्व बाँडफाँड गरिएको छ। कोशीबाट हिमालय कर्माचार्य, मधेशबाट रामानन्द यादव, बागमतीबाट जितनारायण श्रेष्ठ, गण्डकीबाट रेशम बानिया, लुम्बिनीबाट केशव आचार्य, कर्णालीबाट दिक्पाल शाही र सुदूरपश्चिमबाट हिम बहादुर रावल लगायतले खुला सदस्यमा स्थान पाएका छन् ।

प्रकाशित मिति: बिहिबार, ०२ माघ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.