विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका– ३, बाँसवारीका सञ्जयकुमार ठाकुरले आफ्नो पुर्खौली काठको कामलाई आधुनिक फर्निचर उद्योगमा रूपान्तरण गर्दै उदाहरणीय सफलता हासिल गरेका छन् ।
उनले सञ्चालन गरेको ‘सञ्जय फर्निचर उद्योग’ले स्थानीयस्तरमा रोजगारी सिर्जना गरेको छ । उनको परिवारको जीवनस्तरमा समेत उल्लेख्य सुधार ल्याएको छ ।
सञ्जयका बुवा घर–घर गएर काठको काम गर्थे,जुन पेशालाई सञ्जयले आधुनिकतातर्फ डोर्याए । ‘यो कामभन्दा अगाडि मैले टिचिङ र बाइकको काम पनि गरेँ,’ उनी भन्छन्,‘ तर, मलाई आफ्नै पुर्खौली पेशा नै ठिक लाग्यो, यसमा कमाइ पनि हेरेँ ।’
पुर्खौली काममा लगनशीलता र उद्यमशीलता थपेर उनले २५ वर्षभन्दा बढी समयदेखि निरन्तरता अघि बढिरहेका छन् ।
सुरुमा एउटा सानो सटरको कोठाबाट सुरु भएको उनको व्यवसाय अहिले तीनवटा सटरमा विस्तार भएको छ । व्यवसाय विस्तारका लागि उनले उद्योगमा नयाँ मेसिनहरू पनि थप गरेका छन् । उनको उद्योगमा ६ जनाले नियमित रोजगारी पाएका छन् ।
उनको यो सफलताको पछाडि जीवन विकास लघुवित्त वित्तीय संस्थाको निरन्तर सहयोग महत्वपूर्ण छ । सञ्जयकी श्रीमती फूलकुमारी ठाकुर, १५ वर्षअघि जीवन विकासको सदस्य बनेकी थिइन् । सुरुमा उनले १० हजार रुपैयाँ ऋण लिएर व्यवसायमा लगाएकी थिइन् । ‘त्यही १० हजारबाट काठ किन्दै, बनाउँदै, किस्ता तिर्दै गर्दै अहिले ७ लाखसम्म ऋण पुगेको छ,’ उनले भनिन् ।
जीवन विकासको सहयोगबाट उनीहरूले दुई ठाउँमा जग्गा जोड्न सफल भएका छन् । व्यवसायको आम्दानीले छोराछोरीलाई उच्च शिक्षा दिएका छन् । छोरीलाई स्टाफ नर्स र छोरालाई विज्ञान विषय पढाएको पनि उनले जानकारी दिइन् ।
सञ्जय जीवन विकास लघुवित्तको सहयोगबाट खुसी छन् । उनी भन्छन्,‘जीवन विकासको नाम नै विकास छ, त्यही हिसाबले मैले पनि विकास पाएको छु ।’
उनले उत्पादन गरेका फर्निचरहरू काठमाडौँसम्म पुग्ने गरेका छन्, जसले उनको कामको गुणस्तर र बजार पहुँचलाई देखाउँछ ।
भविष्यमा व्यवसायलाई थप विस्तार गर्दै लैजाने योजना पनि बनाएका छन् । ‘अरू कुनै कामै जानिँदैन,’ उनी भन्छन्,‘ यसैलाई मैले प्रोत्साहन दिने हो, यसैलाई बढाउने हो ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,152)
जीवन विकासले बोलायो साधारणसभा (1,078)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,065)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (998)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (967)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (872)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (442)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (332)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (282)