राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको रोडशेष शाखाले केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । जीवन विकासका शाखाहरुले हरेक २–२ वर्षमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्छ ।

लघुवित्तको प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा उत्कृष्ठ बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट उद्यमी र जीवन विकासको उत्कृष्ट केन्द्रहरुलाई पुरस्कार गरिएको थियो ।

जीवन विकासको रोडशेष शाखाले उत्कृष्ट उद्यमी पुरस्कार ज्योतिदेवी राउत, रेनुदेवी यादव र आश्मा खातुनलाई प्रदान गरेको छ ।  उत्कृष्ट बचतकर्ता तर्फ लक्ष्मीकुमारी कामत, टीका पाण्डे र रुनाकुमारी राजवंशीलाई पुरस्कृत गरेको छ । उत्कृष्ट ऋणी तर्फ मञ्जुदेवी साह, अमिलाकुमारी यादव, सीतादेवी शाह रौनियारलाई पुरस्कृत गरेको छ ।

केन्द्र तर्फको प्रथम पुरस्कार लक्ष्मी जीवन विकास केन्द्रले पाएको छ । उखुबारी जीवन विकास केन्द्रले दोस्रो, सरस्वती जीवन विकास केन्द्रले तेस्रो श्रीकृष्ण र प्रगति जीवन विकास केन्द्रले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले लघुवित्तले घरदैलोमा पुगेर सहज रुपमा सेवा प्रवाह गरिरहेको बताए ।

जीवन विकासको रोडशेष शाखा प्रमुख विद्या देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा तालिम विभाग प्रमुख रञ्जना निरौलाले वित्तीय साक्षरता सम्बन्धि प्रशिक्षण दिएकी थिइन् ।

प्रकाशित मिति: आइतबार, २८ बैशाख, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.