विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षकाे तेस्रो त्रैमाससम्म ३५ करोड ५६ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ ।
लघुवित्तले सार्वजनिक गरेकाे अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षकाे तेस्राे त्रैमाससम्म ३५ करोड ५६ लाख ८८ हजार ४६९ रुपैयाँ नाफा आर्जन गरेकाे हाे । गत आर्थिक वर्षको सोही अवधिमा २६ करोड ६५ लाख २९ हजार ९७० रुपैयाँ नाफा आर्जन गरेकाे थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले कम्पनीको खुद नाफा वृद्धिमा भएको हो । लघुवित्तले सो अवधिमा खुद ब्याज आम्दानी १ अर्ब ४७ करोड ४४ लाख ३२ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा १ अर्ब १५ करोड रुपैयाँ थियो ।
चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ २३३ दशमलव ९२ रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३० दशमलव ८७ र मूल्य आम्दानी अनुपात ४२,६८ रहेकाे छ ।
रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,152)
जीवन विकासले बोलायो साधारणसभा (1,078)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,065)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (998)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (967)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (872)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (442)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (332)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (283)