विराटनगर । कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ साललाई ‘पर्यटन वर्ष’ काे रुपमा मनाउने भएकाे छ । सेप्टेम्बर २७ अर्थात विश्व पर्यटन दिवसको अवसर पारेर आज सरकारले ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गर्दैछ ।
सरकारले आगामी पर्यटन वर्ष २०८२ लाई ‘डिलाइटफुल कोशी’ अर्थात ‘रमणीय कोशी’ भन्ने नाराका साथ मनाउने बताएको छ । ‘८२ का लागि ८२’ पर्यटकीय गन्तब्यको सूची पनि सार्वजनिक गर्नेछ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटमार्फत उच्च प्राथमिकतामा ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ राखेका थिए ।
मुख्यमन्त्री कार्कीले शुक्रबार विश्व पर्यटन दिवसको अवसरमा शुभकामना दिंदै भौगोलिक, सामाजिक, सांस्कृतिक तथा जैविक विविधताले भरिपूर्ण कोशी प्रदेश पर्यटकीय दृष्टिकोणले अत्यन्तै उर्वर रहेको बताए ।
उनले नेपालकै होचो क्षेत्र झापाको केचनाकबलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासहित १० अग्ला हिमालमध्ये ५ वटा कोशी प्रदेशमा रहनुले पनि कोशी प्रदेशको सम्भावना उच्च रहेको उनले बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,152)
जीवन विकासले बोलायो साधारणसभा (1,078)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,065)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (998)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (967)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (872)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (442)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (332)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (283)