अस्मिताको बयान : ‘श्रीमानले गाली गरेपछि दुई छोरीलाई विष खुवाएँ’ (भिडियाे)

Satya Sanchar सत्य सञ्चार

विराटनगर । दुई नाबालक छोरीको हत्या आरोपमा पक्राउ परेकी महिलाले श्रीमानले सधैँ गाली गरेका कारण छोरीलाई विष खुवाएर हत्या गरेको स्वीकार गरेकी छन् ।

शनिबार मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र रु १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्की मृत फेला परेका थिए ।

नाबालिका हत्या आरोपमा प्रहरीले उनकी आमा अस्मितालाई बुधबार बिहान झापाको बिर्तामोडबाट पक्राउ गरेको थियो ।

पक्राउ परेकी महिलाले आफूले विष खाएपछि छोरीलाई पनि विष खुवाएको बताएकी हुन् । ‘मलाई सधै मार्छु मात्रै भन्नुहुन्थ्यो,’ प्रहरीसँगकाे बयानमा उनले भनेकी छन्, ‘ मार्छु मात्रै भनेपछि घरबाट विषको बट्टासँगै छोरीलाई लिएर निस्किए, सुरुमा मैले खाए, पेट पोल्न थालेपछी छोरीलाई पनि खुवाए ।’

त्यसपछि आफू हिँडेको उनले बताइन् ।

शुक्रबार राति श्रीमानसँग विवादपछि उनी दुई छोरी लिएर हिँडेकी थिइन् ।

भतारिएर हिँडिरहेको अवस्थामा आज विहान साढे ४ बजे झापाको बिर्तामोडमा पक्राउ परेको मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

कमजोर अवस्थामा भेटिएकी उनलाई प्रहरीले ल्याएर कोसी अस्पतालमा उपचार गरेको थियो । उनलाई कर्तब्य ज्यान मुद्दा चलाउने प्रहरीकाे तयारी छ ।

प्रकाशित मिति: बुधबार, १९ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.