एभरेष्टको कविता प्रतियोगितामा रिजु प्रथम

Satya Sanchar सत्य सञ्चार

विराटनगर ।  एभरेष्ट सेकेन्डरी स्कुल विराटनगरले २११ औं भानु जयन्तीको अवसरमा आयोजना गरेको कविता प्रतियोगितामा रिजु अधिकारी प्रथम भएकी छन् ।

कविता वाचन प्रतियोगितामा कक्षा ५ देखि १२ सम्मका ३० जना विद्यार्थीले भाग लिएका थिए । जसमध्ये कक्षा १० कि छात्रा रिजु अधिकारी प्रथम भएकी हुन् ।

कक्षा १२ का खिलराज ढकाल दोस्रो र कक्षा १२ कै सुजल कोइराला तेस्रो भए । कक्षा ५ कि छात्रा वेबिका पनेरुले सान्त्वना पुरस्कार जितिन् ।

विजेताहरूले क्रमश दश हजार, सात हजार, पाँच हजार र तीन हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे ।

राष्ट्रियसभाका पूर्व सदस्य खेम नेपाली प्रमुख अतिथि रहेको कार्यक्रममा कवि निर्मला कोइराला र मीनकुमार नवोदित निर्णायक थिए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले भानुभक्तले नेपाली भाषाको उत्थानमा सहयोग गरेको चर्चा गरे ।

प्रकाशित मिति: आइतबार, ३० असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.