तरकारी खेतीले रोकियो पहाडको बसाइँसराइ

Satya Sanchar सत्य सञ्चार

धनकुटा । धनकुटाका धेरै गाउँबस्ती युवाविहीन हुँदा जिल्लाको छथर जोरपाटी गाउँपालिका–२, फलैँचाका युवा भने गाउँघरमै भेटिन्छन् । उनीहरू दिनभरि खेतबारीमै व्यस्त रहन्छन् भने साँझबिहान घरको काम गरिरहेको भेटिन्छन् । गाउँमा भर अभर पर्दा सँगै हुन्छन् ।

फलैँचा र सो आसपासका क्षेत्रबाट न त कोही वैदेशिक रोजगारीमा गएका छन् न त कसैले बढी सुखसुविधाको खोजीमा बसाइँ सरेका छन् । यहाँका युवा गाउँमा हुने तरकारी खेतीमा नै मस्त छन् । उनीहरूमा विदेशको मोह खासै देखिँदैन ।

स्थानीय चन्द्रकुमार सारूमगर यति बेला तरकारी खेतीमै व्यस्त छन्  । आलु बाली उठाएर उनी अहिले बन्दाकोपी, फूलकोपी तथा मटरकोसा लगाउने योजनामा छन् । पाँच रोपनी क्षेत्रफलमा तरकारी खेती गरिरहेका उनी भन्छन्,“हामी एक वर्षमा तीन बालीको उत्पादन लिन्छौँ । बजारमा उत्पादनले मूल्य पाउँदा पाँच रोपनी जमिनबाट वार्षिक सात लाख रुपियाँसम्म आम्दानी हुन्छ । विदेश जाने वा बसाइँ सरेर अन्यत्र जाने कुरा त सोच्न पनि सकिन्न । यस्तो स्वर्ग छाडेर जानु भनेको त दुःख पाउनु हो ।”

गाउँमा कृषिकर्म गर्ने चन्द्रकुमार मगर एक्लै हाेइनन् । गाउँका अधिकांश युवा कृषिकर्ममै व्यस्त छन् । युवासँगै काम गर्न सक्ने बुढापाका तथा स्कुले बालबालिकासमेत बिदाको बेला आफ्नै खेतबारीमा व्यस्त रहन्छन् । धनकुटाको त्रिसुले, गुराँसे तथा फलैँचा आसपासको क्षेत्रमा करिब तीन सय परिवारको बसोबास छ । अधिकांश मगर समुदायका छन् ।

जिल्लाकै तेलिया, कुरुले, चुमाङ, चानुवा, लेगुवाका कतिपय बस्ती नै रित्तिँदा यो क्षेत्र भने हराभरा छ । सो क्षेत्रबाट एक–दुई परिवारबाहेक कोही पनि बसाइँ नसरेको स्थानीय इन्द्र सारूमगर बताउँछन् ।

कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार धनकुटामा कुल पाँच हजार ५९७ हेक्टर क्षेफलबाट एक लाख ३७ हजार ४४७ मेट्रिक टन तरकारी उत्पादन हुने गरेको छ । त्यसमध्ये तीन हजार पाँच सय हेक्टरभन्दा बढी क्षेत्रमा मात्र तरकारी खेती हुने कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानामगर बताए । “उच्च क्षेत्रमा आलुसहित फूलकोपी, बन्दा, मुला र मटर आदि उत्पादन हुन्छ,’ उनले भने,‘यसले धनकुटाको आधाभन्दा बढी उत्पादन ओगट्छ ।”

धनकुटाका उच्च क्षेत्रका करिब १५ हजार परिवार तरकारी खेतीमा आबद्ध छन् । यो क्षेत्रबाट वार्षिक करोडौँ मूल्य बराबरको तरकारी बाली तराईको झापा, मोरङ, सुनसरीसहित भारतका सीमावर्ती बजारसम्म पुग्छ । गारखापत्रबाट

प्रकाशित मिति: शुक्रबार, ३२ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.